Ads3

“हाम्रो षडानन्द, हामी बनाउँछौँ राम्रो षडानन्द” विशेषांक–०२

षडानन्द नगरपालिकाको विकास गतिविधि (भिडियो कार्यक्रम)

Facebook X WhatsApp

“हाम्रो षडानन्द, हामी बनाउँछौँ राम्रो षडानन्द” विशेषांक–०२

नमस्कार !
म नवीनकला जैरु ।

षडानन्द नगरपालिकाको विकास, योजना, गतिविधि तथा जनचासोका विविध विषयवस्तु समेटिएको “हाम्रो षडानन्द, हामी बनाउँछौँ राम्रो षडानन्द” कार्यक्रमको दोस्रोे शृंखलामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ ।

षडानन्द नगरपालिकासँगको सहकार्यमा रेडियो संखुवासभा ९५.५ मेगाहर्ज तथा बि.एण्ड जि. मल्टिमिडियाद्वारा सञ्चालित “जनगुनासो” यूट्युब च्यानल र हेर्ने चित्रको संयुक्त उत्पादन तथा प्रशारीत कार्यक्रम हो “हाम्रो षडानन्द, हामी बनाउँछौँ, राम्रो षडानन्द” ।

आर्थिक वर्ष २०८२/०८३ को रातो किताबमा समावेश भएका योजना, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा सामाजिक क्षेत्रका गतिविधिहरूलाई जनता माझ प्रभावकारी रूपमा पु¥याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको दोस्रो शृंखलामा यस आर्थिक वर्षमा सम्पन्न भएका शिक्षासँग सम्बन्धित गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछौँ । साथै पछिल्लो १५ दिनभित्र षडानन्द नगरपालिकाको सहकार्यमा सम्पन्न भएका विभिन्न विकास गतिविधि, सामाजिक तथा अन्य महत्वपूर्ण गतिविधिहरूलाई समेत समेटिनेछ ।

..............................

अब लागौँ, कार्यक्रमको मुख्य प्रस्तुतितर्फ...

यस आर्थिक वर्षमा षडानन्द नगरपालिकाको पहल तथा लगानीमा शिक्षासंग सम्बन्धित विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । पालिका भित्र एक नुमना विद्यालयसहित ७१ सामुदायिक विद्यालय साथै ५ निजी, एक गुरुकुल र एक क्याम्पस रहेको छ । पालिकामा भएको सरकारी विद्यालयहरुको भौतिक पुर्वाधार विकासमा षडानन्द नगरपालिकाले केहि फरक ढंगबाट गतिविधि अगाडी बढाएको छ । पालिकाले यु डब्लु एस नेपालसंगको साझेदारीमा ४ वटा विद्यालयमा सुविधा सम्पन्न भौतिक पुर्वाधार तयार गरेका छन् । यहिँ विषयमा हामीले षडानन्द नगरपालिकाका शिक्षा शाखाका अधिकृत मणीराम तामाङसंग जानकारी लिएका छौं । 

षडानन्द नगरपालिका र गधक नेपालबीच २०८० सालमा सम्भौता भएको थियो । सोही बर्षदेखि त्रिपक्षीय साझेदारीमा चार वटा सुविधा सम्पन्न विद्यालयको भवन निर्माण भईसकेको छ भने दुई वटा निर्माण चरणमा रहेको छ । षडानन्द नगरपालिका, गधक नेपाल र विद्यालयको साझेदारीमा भवन निर्माण भईरहेको छ । 

षडानन्द नगरपालिका र गधक नेपालबीच २०८० सालमा भएको सम्झौता पछि शिक्षा क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ । 

वडा नं. १४ मा रहेको सिंहदेवी आधारभुत विद्यालयमा नयाँ भवन निर्माण भएसँगै विद्यार्थीहरू व्यवस्थित वातावरणमा अध्ययन गरिरहेका छन् । पुरानो तथा जीर्ण भवन हटाएर आधुनिक तथा सुरक्षित भवनमा पढ्न पाउँदा विद्यार्थी र शिक्षक दुवै उत्साहित देखिएका छन् ।

त्यसैगरी वडा नं. ६ स्थित शुभद्र पञ्चकन्या आधारभुत विद्यालयको भवन पनि त्रिपक्षीय साझेदारीमा निर्माण सम्पन्न भएको छ । विद्यालयले भौतिक पूर्वाधारसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिइएको छ । विद्यालयमा कम्प्युटर कक्षा, नृत्य तथा गायन प्रशिक्षण, तेक्वान्दो अभ्यास, खेल मैदान र आफ्नै क्यान्टिन भवनसमेत सञ्चालनमा रहेको छ । विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिएको शिक्षकहरू बताउँछन् ।

वडा नं. ७ मा रहेको सिंहबाहिनी विद्यालयको भवन पनि त्रिपक्षीय सहकार्यमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । सुविधा सम्पन्न भवनमा शिक्षण सिकाई गर्न पाउँदा विद्यालय परिवार उत्साहित बनेको छ ।

वडा नं. २ स्थित जनद्धय आधारभुत विद्यालयको भवन उद्घाटन गत वैशाखमा गरिएको हो । उद्घाटन कार्यक्रममा यु डब्लु एस नेपालका प्रतिनिधि तथा नगर प्रमुख सुरेन्द्र कुमार उदासको सहभागिता रहेको थियो ।

नगर प्रमुख उदासका अनुसार विद्यालयको भौतिक पूर्वाधार सुधारसँगै शैक्षिक उपलब्धिमा समेत सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । विद्यालयको भौतिक सुधारमा सहयोग गर्ने सबैलाई मेयर उदासले धन्यवाद व्यक्त गरेका छन् ।

विद्यालयहरू सुविधा सम्पन्न बनेपछि अभिभावक र विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया आउन थालेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

यसैबीच नगरपालिकाले सामुदायिक विद्यालयहरूमा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । अरुण माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कृषकहरूको सहभागिता रहेको थियो ।

यता किराँत समुदायको महत्वपूर्ण सांस्कृतिक उभौली पर्व भव्य रूपमा सम्पन्न भएको छ । किराँत राई यायोक्खा षडानन्द नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा तुम्लिङटारसहित १६ वटा शिली प्रदर्शन टोली सहभागी भएका थिए ।

सहभागीहरूले मौलिक भेषभूषा र साकेला शिलीमार्फत किराँत संस्कृतिको आकर्षक प्रस्तुति दिएका थिए । कार्यक्रममा पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।
..........................

शिक्षा, संस्कृति र विकासका विविध गतिविधिसँगै षडानन्द नगरपालिका अघि बढिरहेको छ ।

यससँगै आजको कार्यक्रम यहीँ समाप्त हुन्छ । आगामी अंकमा थप गतिविधि र विकास योजनासहित पुनः भेट हुनेछौँ । तबसम्मका लागि सहकर्मी मोहन तामाङ र मेघराज तामाङसंगै म नवीनकला पनि विदा हुन्छु ।

नमस्कार !

 

 

Muktinath

प्रतिक्रिया दिनुहोस्